ad ad

खेल


साफ यू–२० फाइनल : पहिलो हाफमा नेपालविरुद्ध बंगलादेशको अग्रता

साफ यू–२० फाइनल : पहिलो हाफमा नेपालविरुद्ध बंगलादेशको अग्रता

नेपालखबर
भदौ १२, २०८१ बुधबार १५:२२, काठमाडौँ

साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि जारी भिडन्तको पहिलो हाफमा बंगलादेशविरुद्ध घरेलु टोली नेपाल पछि परेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा जारी खेलको पहिलो हाफ सकिदा घरेलु टोली नेपाल बंगलादेशविरुद्ध १–० ले पछि परेको हो। 

पहिलो हाफको इन्ज्युरी समयमा बंगालदेशका मिलिजुल इस्लामले फ्रिकीकमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। इस्लामको फ्रिकीक प्रहारले चपहिलो बारमा लाग्दै पोष्टको जाली चुमेको थियो। 

त्यसअघि नेपालले खेलमा राम्रो पकड बनाएपनि गोल गर्न भने सकेन। बगंलादेशले पाएको अवसरलाई सुदपयोग गर्दै अग्रता बनायो। 

खेलको ३१ औँ मिनेटमा निराजन धामीको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो। त्यसअघि २९ औँ मिनेटमा सिमान्त थापाको फ्रिकीक क्रसबारको माथिबाट आकाशियो। 

पहिलो हाफको २१ औँ मिनेटमा निराजन धामीले बंगलादेशका दुई डिफेन्डरबाट बललाई खोस्दै दिएको क्रसलाई अविनास स्याङताङले पोष्टको गति दिन सकेनन्। 

खेलको १६ औँ मिनेटमा निराजनको लामो पासलाई नियन्त्रणमा लिदै समिर तामाङले दुई डिफेन्डरलाई बिट गर्दै अघि बढाएको बललाई फिनिसिङ दिन भने सकेनन्। 

पहिलो हाफको नवौ मिनेटमा निराजन धामीको लामो प्रहार बंगलादेशका गोलरक्षकले उत्ृकष्ट बचाउ गरे।

सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइनलमा पुगेको थियो। 

समूह चरणमा बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा भिडेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .