एसियन हक्की च्याम्पियन्स ट्रफीमा शनिबार राति भएको खेलमा साविक विजेता भारतले पाकिस्तानलाई २–१ ले हराएको छ।
खेल चीनको हुलुनबुइरस्थित मोकी हक्की प्रशिक्षण केन्द्रमा भएको थियो। यस प्रतियोगितामा भारतको यो लगातार पाँचौँ जित हो।
भारतका लागि दुवै गोल कप्तान हरमनप्रित सिंहले गरेका थिए। पाकिस्तानका लागि अहमद नदीमले गोल गरे।
भारतले यसअघि चीन, जापान, मलेसिया र दक्षिण कोरियालाई हराएको छ।
भारत ५ खेल जितेर अंक तालिकाको पहिलो स्थानमा छ।
पाकिस्तान ५ मध्ये २ खेल जितेर दोस्रो स्थानमा छ।
दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्।
150
Shares
प्रतिक्रिया