पेरिस पारालिम्पिकमा नेपालका लागि ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई पोखरामा ४ लाख रुपैयाँभन्दा बढी रकमसहित सम्मान गरिएको छ।
पोखरा महानगरपालिकाले आइतबार पोखरा रगंशालामा कार्यक्रमबीच पलेशालाई २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान गरेको हो।
सो क्रममा महानगरपालिकाले प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापकलाई सम्मान गरेको छ।
यस्तै सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले पनि पलेशालाई १ लाख ५० हजार रुपैयाँले सम्मान गरेको छ।
पलेशा र लामालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायतले संयुक्त रूपमा सम्मान गरेका हुन्।
यस्तै कास्की जिल्ला तेक्वान्दो संघले पनि पलेशालाई ५१ हजार रुपैयाँ दिँदै सम्मान गरेको छ।
संघले प्रशिक्षक लामालाई भने १० हजार ५५ रुपैयाँले सम्मान गरेको हो।
गण्डकी प्रदेश तेक्वान्दो संघको संयोजन तथा कास्की जिल्ला तेक्वान्दो संघको सहयोगमा पलेशा र प्रशिक्षक लामालाई सम्मान गरिएको हो।
पेरिस पारालिम्पिक्समा पलेशाले तेक्वान्दोको के ४४ विधामा महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कास्य पदक जितेकी हुन्।
जुन पदक नेपालका लागि अहिलेसम्मकै ठूलो हो।
यसअघि पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार दिइसकेको छ भने अन्य विभिन्न संघसंस्थाले पनि उनलाई नगदसहित सम्मान गरिसकेका छन्।
पोखराका थप तस्बिर-
Shares
प्रतिक्रिया