अत्यधिक वर्षाका कारण एन्फा महिला लिगअन्तर्गत आजको खेल रोकिएको छ।
दिउँसो १ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने तय भएको खेल रद्द गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
आज संकटा र नेपाल पुलिस क्लबबीच खेल हुने तालिका थियो। अर्को सूचना जारी नभएसम्मका लागि खेल स्थगित गरिएको एन्फाद्वारा प्रकाशित सूचनामा उल्लेख छ।
गत भदौ १६ गते लिग सुरु भएको हो।
21
Shares
प्रतिक्रिया