ad ad

खेल


टर्किस खेलाडी जेनेप आउटर्यान नेपालमा

टर्किस खेलाडी जेनेप आउटर्यान नेपालमा

नेपालखबर
असोज १०, २०८१ बिहिबार २१:१७, काठमाडौँ

‘कर्णाली एश्विज’ टिमबाट वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल) २०२४ खेल्न जेनेप आउटर्यान नेपाल आएकी छिन्। टर्किस भलिबल खेलाडी जेनेप बिहीबार नेपाल आइपुगेकी हुन्।

आज उनलाई स्वागत गर्न ‘कर्णाली एश्विज’ टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो। उनको आगमनसँगै टिममा थप उर्जा थपिएको र बलियो भएको ‘कर्णाली एश्विज’ को विश्वास छ।

टर्किस खेलाडी जेनेपलाई केही समय अघिमात्र ‘कर्णाली एश्विज’ ले आफ्नो टिममा अनुबन्ध गराएको थियो। आउटसाइड हिटर जेनेप आउटर्यान आफ्नो शक्तिशाली खेल क्षमताका लागि परिचित छिन्। धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गरिसकेकी जेनेपले सुल्तान्स लिगको समेत अनुभव बटुलिसकेकी छिन्।

‘युथ नेसन्स टिम’ अर्थात ‘युवा राष्ट्र टोली’ को समेत अनुभव लिइसकेकी जेनेपले बेस्ट स्पाईकर अर्वाड ९पोर्चुगल० समेत हात पारिसकेकी छिन्।

राष्ट्रिय टिम र क्लबहरू दुवैमा दिएको योगदानका आधारमा उनले अन्य थुप्रै अवार्डहरू पनि प्राप्त गरेकी छिन्। जेनेपका अनुसार उनको लागि भलिबल एक अनुशासन हो।

उनी भन्छिन, ‘मेरो विचारमा यो टीम वर्क, समर्पण र प्रेम हो। सिक्न र सिक्नेको लागि निरन्तर इच्छा हो। म आफ्नो अनुभव नेपाल ल्याएर आफ्नो टिमको सफलतामा योगदान दिन र प्रशंसकहरूलाई भेट्न आतुर छु।’

रमेश कर्पोरेसनले हेर्दै आइरहेको ‘कर्णाली एश्विज’ टिममा केही समय अघिमात्रै अर्कि खेलाडी ग्याब्रीएल बेन्डा पनि अनुबन्धित भएकी थिइन्। उनी अमेरिकाको राष्ट्रिय भलिबल खेलाडी हुन्।

खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मुल उद्देश्यको साथ सुरु भएको ‘कर्णाली एश्विज’ टिमले नेपालमा पहिलो पटक हुन लागेको वात्साल्य ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लूभीएल)’ को तयारीमा कुने कमी छोडेको छैन। जेनेप आउटर्यान र ग्याब्रीएल बेन्डाको उपस्थिति तथा भलिबल महिला टोलीको प्रमुख प्रशिक्षक कुमार राईको प्रशिक्षणले कर्णाली एश्विज’ टिमले ‘ट्रफी’ उचाल्नेमा टिम विश्वस्त छ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन गइरहेको ‘एभरेष्ट वुमन भलिबल लिग’ यहीँ असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुँदैछ। लिगमा ६ टोलीको सहभागितामा हुनेछ।

कर्णालीको टिम–सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .