ad ad

खेल


एसिया रग्बीका अध्यक्ष कायस नेपाल आउँदै

एसिया रग्बीका अध्यक्ष कायस नेपाल आउँदै

नेपालखबर
असोज १०, २०८१ बिहिबार २१:३६, काठमाडौँ

एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ का लागि एसिया रग्बीका अध्यक्ष कायस अल धलाई नेपाल आउँदैछन्।

उनी प्रतियोगिता उद्घाटन तथा समापन समारोहमा सहभागी हुन आगमी १८ गते नेपाल आउन लागेका हुन्। 

सो प्रतियोगिता  एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

नेपालमा एसियाली स्तरको सिनियर रग्वी प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो। यस प्रतियोगिताका लागि नेपालले पछिल्लो ३ महिना देखि पोखरामा तयारी गरिरहेको छ।

प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफी सहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कास्य पदक प्राप्त गर्नेछन्।

यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्वी सेभेन्स सिरिजको छनोटको रुपमा समेत रहको छ।

काठमाडौँमा हुने एसिया रग्वी सेभेन्स ट्रफीको महिला र पुरुषतर्फको विजेताले २०२५ मा हुने एसिया रग्वी सेभेन्स सिरिजमा स्थान बनाउने छन्। 

जसले गर्दा यो प्रतियोगिता अझ बढी प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

नेपाली टिमले सन २०१५ को प्री ओलम्पिक क्वालिफायर  र सन् २०१६ देखि एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुँदै आएको छ।

गत वर्ष कतारमा सम्पन्न भएको प्रतियोगितामा नेपालको पुरुष टोलीले साउदी अरेबिया र कीर्गिस्तानलाई हराएको थियो। नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाए लगत्तै सन् २०२२ मा बंगलादेशमा बंगबन्धु कप  खेल्दै रग्बी फिफ्टिन्समा पनि डेब्यु गरेको थियो।

नेपालले यो प्रतियोगिताबाट आफ्नो वरियता सुधारसँगै बल च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाल रग्बी संघको छ। कार्यक्रमको उद्घाटन सम्भवत अमेरिकाबाट फर्किएलग्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी रहेको रग्बी संघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .