ad ad

खेल


इङ्लिस प्रिमियर लिगः टोटनहमको तेस्रो जित, म्यानचेस्टर युनाइटेडको तेस्रो हार

इङ्लिस प्रिमियर लिगः टोटनहमको तेस्रो जित, म्यानचेस्टर युनाइटेडको तेस्रो हार

नेपालखबर
असोज १४, २०८१ सोमबार ६:४४, काठमाडौँ

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले तेस्रो हार बेहोरेको दिन टोटनहम हट्सपुरले भने तेस्रो जित दर्ता गरेको छ।

आइतबार राति भएको खेलमा म्यानचेस्टर टोटनहमसँग ३–० गोलअन्तरले हारेको हो। 

पहिलो हाफको ४२औँ मिनेटमा ब्रुनो फर्नान्डेज सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि म्यानचेस्टर १० खेलाडीमा सीमित भएको थियो। 

ओल्ड ट्राफोर्डमा भएको खेलमा तेस्रो मिनेटमै घरेलु टोली पछि परेको थियो भने ब्रेनन जोनसनको गोलमा टोटनहमले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको ४७औँ मिनेटमा डेजान कुलुसेभस्कीको गोलमा टोटनहमले अग्रता दोब्बर पार्‍यो। 

७७औँ मिनेटमा डोमिनिक सोलंकेको गोलमा टोटनहम ३–० ले विजयी भयो। 

लिगका ६ खेलमा ३ खेलमा जित र १ खेलमा बराबरी र २ खेलमा हार भोगेको टोटनहम १० अकमा तालिकाको आठौँ स्थानमा छ। 

लिगमा तेस्रो हार बेहोरेको युनाइटेड ७ अंकमा तालिकाको १२ औँ स्थानमा छ।

गएराति नै भएको अर्को खेलमा एस्टोन भिल्ला र इप्सविच टाउनले २–२ को बराबरी गर्दै अंक बाँडे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .