नेपाल प्रिमियर लिग (एनपीएल)को व्यावसायिक अधिकार ब्रान्ड डिजिटल लजिक प्रालिले लिएको छ।
नेपाल क्रिकेट संघको बोलकबोल प्रक्रियाबाट कम्पनी छनोट भएको हो।
व्यावसायिक संस्था साझेदार बनेको ब्रान्ड डिजिटल प्रालिले ५ करोड ९२ लाख रुपैयाँ क्यानलाई दिनेछ। लिगको व्यावसायिक सम्पत्तिको व्यवस्थापन र बजारीकरण कम्पनीले नै गर्नेछ।
त्यसैगरी क्यानले विश्वमा स्पोर्ट्स म्यानेजमेन्ट गर्दै आएको ट्वेन्टी फर्स्ट सेन्चुरी मिडिया (टीसीएम)लाई एनपीएलको आधिकारिक इभेन्ट स्ट्राटेजी र मार्केटिङ कन्सल्टेन्ट नियुक्त गरेको छ।
यो साझेदारीले एनपीएलको व्यवस्थापन, उत्पादन, प्रसारण र प्रवर्द्धन रणनीतिमा केन्द्रित भई प्रतियोगितालाई सफल बनाउने क्यानको विश्वास छ।
69
Shares
प्रतिक्रिया