नेपाल प्रिमियर लिग (एनपीएल) का लागि राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते स्पिनर सागर ढकाललाई पोखरा एभेन्जर्सले अनुबन्ध गरेको छ।
आइतबार काठमाडौँमा भएको अक्सनमा उनलाई पोखरा एभेन्जर्सले १५ लाखमा खरिद गरेको हो। उनलाई खरिद गर्नका लागि सुदूरपश्चिम, चितवन, पोखरा र कर्णालीले प्रतिस्पर्धा गरेको थियो।
प्रतिस्पर्धापछि भएको गोलाप्रथाबाट ढकाल १५ लाखमा पोखरामा अनुबन्ध भएका हुन्।
नेपालको तर्फबाट टी–२० विश्वकप २०२४ समेत खेलेका उनको पछिल्लो प्रदर्शनको प्रशंसा हुँदै आएको थियो।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको अक्सनमा सहभागी ८ टिमले समान १० खेलाडी खरिद गर्दैछन्।
आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहेनछन्। जसमा मार्की, चार विदेशी र एक ट्यालेन्ट हबाट टिममा अनुबन्ध हुनेछन्।
पछिल्लो वर्ष नेपाल टी–२० लिग भए पनि विवादपछि दोस्रो संस्करण हुनै सकेन।
आयोजनाको जिम्मेवारी पाएको भारतीय सेभेन थ्री स्पोर्टस् कम्पनी भागेपछि क्यानले सम्झौता रद्द गरेको थियो।
मार्की खेलाडीमा कुशल भुर्तेल पोखरा एभेन्जर्स, करण केसी काठमाडौं गुर्खाज, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ सेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्स रहेका छन्।
- एनपीएल : चितवन राइनोजले १० लाखमा किन्यो रिजन ढकाललाई
- एनपीएल : ललितलाई किन्न हानथाप, गोलाप्रथाबाट १५ लाखमा जनकपुरले मार्यो बाजी
- एनपीएल : लोकश बम १५ लाखमा विराटनगर किंग्समा अनुबन्ध
Shares
प्रतिक्रिया