ad ad

खेल


भीम सार्कीलाई काठमाडौँ गुर्खाजले १५ लाखमा किन्यो

भीम सार्कीलाई काठमाडौँ गुर्खाजले १५ लाखमा किन्यो

नेपालखबर
असोज २०, २०८१ आइतबार १६:५८, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका दायाँ हाते ब्याटर भीम सार्की नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजमा अनुबन्ध भएका छन्। 

आइतबार काठमाडौँमा भएको अक्सनमा उनलाई काठमाडौँ गुर्खाजले १५ लाखमा खरिद गरेको हो। 

उनलाई खरिद गर्नका लागि काठमाडौँ, कर्णाली, चितवनले प्रतिस्पर्धा गरेका थिए। 

प्रतिस्पर्धापछि भएको गोलाप्रथाबाट सार्कीलाई काठमाडौँ गुर्खाजले आफ्नो पोल्टामा पार्न सफल भएको हो। 

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको अक्सनमा सहभागी ८ टिमले समान १० खेलाडी खरिद गर्दैछन्। 

आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहेनछन्। जसमा मार्की, चार विदेशी र एक ट्यालेन्ट हबाट टिममा अनुबन्ध हुनेछन्।

पछिल्लो वर्ष नेपाल टी–२० लिग भए पनि विवादपछि दोस्रो संस्करण हुनै सकेन।

आयोजनाको जिम्मेवारी पाएको भारतीय सेभेन थ्री स्पोर्टस् कम्पनी भागेपछि क्यानले सम्झौता रद्द गरेको थियो।

मार्की खेलाडीमा कुशल भुर्तेल पोखरा एभेन्जर्स, करण केसी काठमाडौं गुर्खाज, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ सेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्स रहेका छन्। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:info@nepalkhabar.com
    News:news@nepalkhabar.com

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    advertising@nepalkhabar.com
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .