ad ad

खेल


महिला लिग फुटबल : एपीएफसँग आर्मीले घटायो अंक दुरी

महिला लिग फुटबल : एपीएफसँग आर्मीले घटायो अंक दुरी

नेपालखबर
माघ २९, २०७७ बिहिबार १३:१७,

विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवले राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको नेपाल एपीएफ क्लवसँगको अंक दूरी कम गरेको छ। बिहिबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मीले विराटनगरलाई ७–० को फराकिलो अन्तरले पाखा लगायो।

आर्मीको जितमा विमला विक र शर्मिला थापाले समान २ गोल गरे। सपना लामा, रश्मी घिसिङ र विमला चौधरीले एक एक गोल थपे।

खेलको १८ औं मिनेटमा शर्मीलाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिईन्। त्यसको ४ मिनेटपछि सपना लामाले गोल गर्दै अग्रता दोब्बर पारिन्। ३१ औं मिनेटमा बिमला विक गोल रिन्। ३५ औं मिनेटमा विमला चौधरीले तथा ३९ औं मिनेटमा रश्मी घिसिङले गोल गरेपछी आर्मीले पहिलो हाफमा ५–० को अग्रता बनायो।

खेलको ५० औं मिनेटमा विमलाले व्यक्तीगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरिन्। त्यसको ४ मिनेटमा नै शर्मिला थापाले व्यक्तीगत दोस्रो गोल तथा टोलीको लागि सातौं गोल गर्दै फराकिलो अन्तरले जित सुनिश्चित गरिन्।

लिगमा ९ खेल खेलेको आर्मी २२ अंकमा दोस्रो स्थानमा यथावत छ। आर्मीले ७ खेलमा जित, १ मा बराबरी र १ खेलमा हार भोगेको छ। एक खेल कम खेलेको नेपाल एपीएफको २४ अंकमा शीर्ष स्थानमा छ। लिगमा एपीएफ मात्र अपराजित रहेको एकमात्र टोली हो। पराजित विराटनगर १० अंकमा पाँचौ स्थानमा छ।

१४ अंकमा वालिङ नगरपािलका तेस्रो तथा ११ अंकमा नेपाल पुलिस क्लव ११ अंकमा चौथो स्थानमा छ। ८ खेल खेलेको चन्द्रपुर ६ अंकमा पुछारबाट दोस्रो र जित विहिन चौदण्डीगढी शुन्य अंकमा तालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .