दक्षिण एशियाली पावर हाउस जापानविरुद्ध पेनाल्टीमा गोल गर्दै जर्मनले खेलमा सुरुवाती अग्रता बनाएको छ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा खेलको ३३ औँ मिनेटमा इल्के गुएन्डोगनले गोल गर्दै जर्मनीलाई १–० को अग्रता दिलाए।
पेनाल्टी एरियामा जापानका गोलरक्षकले फउल गरेपछि जर्मनीले पेनाल्टी पाएको थियो।
खेलको आठौँ मिनेटमा जापानका डाइजेन मइदाले गरेको गोललाई रेफ्रिले अफसाइड दिए।
१४ औँ मिनेटमा जर्मनका किमिच जोशुआको प्रहारले पोष्टको दिसा दिन सकेन।
खेलको १७ औँ मिनेटमा एन्टोनियो रुडिगरको सशक्त प्रहार गोलरक्षकले पन्च गर्दै बचाए। २० औँ मिनेटमा किमिच जोशुआको अर्को प्रहार गोलमा परिणत हुन सकेन।
खेलको २८ औँ मिनेटमा जर्मनका इल्के गुएन्डोगनले गरेको प्रहार जापानका गोलरक्षक शुची गोंडाले बचाए।
चार पटकको विजेता जर्मन पाँचौँ उपाधि जित्ने दाउमा छ। उता जापान पनि विश्वकपमा सुखद सुरुवात गर्ने योजानमा छ।
Shares
प्रतिक्रिया