खेल


विराट गोल्डकप : एपीएफलाई ४–३ ले पराजित गर्दै साङ्ग्रिला क्लब फाइनलमा

विराट गोल्डकप : एपीएफलाई ४–३ ले पराजित गर्दै साङ्ग्रिला क्लब फाइनलमा

नेपालखबर
चैत २२, २०८० बिहिबार ६:४२, विराटनगर

विभागीय टोली एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति सहिद रङ्शाला विराटनगरमा भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरको आधारमा साङ्ग्रिला फुटबल क्लबले उक्त परिणाम निकालेको हो। 

टाइब्रेकरमा पनि दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि सडनडेथबाट निर्णय गरिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .