स्पेनस्थित चौथो श्रेणीको लिग क्लब कासेरेन्यो सिपी काठमाडौं-११ बीच दशरथ रंशालामा दोस्रो मैत्रीपूर्ण फुटबल भइरहेको छ।
कासेरेन्यो र काठमाडौं-११ बीचको खेलको सुरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका खेलअधिकारीहरु मैदानमा पुगेका थिए।
साँझ ५ बजेदेखि भएको खेल अहिले जारी छ। काठमाडौं-११ को नेतृत्व नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले गरेका छन्।
यसअघि बुधबार कासेरेन्यो र गण्डकी-११ बीच पोखरा रंगशालामा मैत्रीपूर्ण खेल भएको थियो। त्यस खेलमा पाहुना टोली ३-० ले विजयी भयो।
1.9k
Shares
प्रतिक्रिया