ad ad

खेल


बंगलादेश क्रिकेट टोलीका कप्तान शकिब अल हसन संसदीय निर्वाचन लड्ने

बंगलादेश क्रिकेट टोलीका कप्तान शकिब अल हसन संसदीय निर्वाचन लड्ने

शकिब अल हसन


नेपालखबर
मंसिर ११, २०८० सोमबार ९:२६, काठमाडौँ

बंगलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसन चुनावी राजनीतिमा लागेका छन्। 

उनलाई सत्तारुढ दल अवामी लिगले गृह जिल्ला मगुरा–१ बाट संसदीय निर्वाचनमा उम्मेदवारका लागि छनोट गरेको छ। 

ढाका ट्रिब्युनका अनुसार अवामी लिगका महासचिव ओबैदुल कादेरले आइतबार पत्रकार सम्मेलन गरी उक्त घोषणा गरेका हुन्। 

यसअघि बंगलादेशका पूर्वकप्तान मशरफे मोर्तजाले गत निर्वाचनमा नराइलबाट उम्मेदवारी दिएका थिए र विजयी भएर सांसद बनेका थिए।

मशरफी सधैं आफ्नो गृह राज्यमा सामुदायिक कार्यमा संलग्न थिए, तर शकिबको त्यस्तो पृष्ठभूमि नभएको बताइन्छ।

बंगलादेशमा क्रिकेट र राजनीतिको सम्बन्ध गहिरो र पुरानो छ। शकिब र मशरफे बाहेक बीसीबीका अध्यक्ष नजमुल हसनले पनि चुनाव लडे र सन् २००९ मा सांसद बने र अहिले पनि सांसद नै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .