फिफा विश्वकप दोस्रो पटक एसियामा हुँदै छ। एसियाको सानोमध्ये एक कतारले आयोजना गर्न लागेको विश्वकप मंसिर ४ गतेदेखि सुरु हुँदैछ।
विश्वकप नजिकिँदै गर्दा सहभागी टोली, समर्थक र आयोजक उत्साहित छन्। सहभागी देशका प्रशिक्षक र अफिसियलहरु पुग्न थालिसकेका छन्।
यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले एसियामा विश्वकप आयोजना गरेका थिए।
सन् १९३० मा भएको फिफा विश्वकप २०२२ सम्म आइपुग्दा फिफाले अफिसियल पोस्टर सार्वजनिक गर्दै आएको छ।
हरेक विश्वकपमा आयोजक राष्ट्रको पहिचान र संस्कृतिलाई पनि ख्याल गरेर फिफाले पोस्टर बनाउँदै आएको छ।
विश्वकपको संस्करणअनुसार सार्वजनिक हुने पोस्टरले त्यो देशको संस्कृतिको महत्व पनि व्याख्या गर्छ।
प्रतिक्रिया