ad ad

खेल


कतार हिँडेका खेलाडीका रोचक तथ्य : साह्रै होचादेखि साढे ६ फिट अग्लासम्म!

कतार हिँडेका खेलाडीका रोचक तथ्य : साह्रै होचादेखि साढे ६ फिट अग्लासम्म!

नेपालखबर
मंसिर ३, २०७९ शनिबार १०:३०, काठमाडौँ

आइतबारदेखि सुरु हुने फिफा विश्वकपका लागि ३२ टोलीले टिम घोषणा गरिसकेका छन्। 

धेरै टोलीहरु विश्वकप आयोजना स्थल कतार पुगिसक्दा केही टोलीहरु त्यसतर्फ प्रस्थान गर्ने तरखरमा छन्। 

विश्वकपका लागि ३२ टोलीले घोषणा गरेको टोलीमा युवादेखि पुराना अनुहारसम्म छन्। केही खेलाडीले विश्वकपमा ‘डेब्यु’ गर्न लाग्दा केही खेलाडीका लागि कतार विश्वकप अन्तिम हुनेछ। 

कतार विश्वकपमा सहभागी टोलीका खेलाडीहरुको केही रोचक पक्षबारे यहाँ चर्चा गरिएको छ : 

युसुफा मोकोको (जर्मनी)
जर्मनीका १७ वर्षीय युसुफा मोकोको कतार विश्वकपका सबैभन्दा कान्छा खेलाडी हुन्। 

बायर्नका जमल मुसियालापछि कतार विश्वकपमा जर्मनीका सबैभन्दा कान्छो खेलाडीका रुपमा उनी विश्वकप खेल्दै छन्। 

यो सिजन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डका लागि उनले ६ गोल गरेका छन् भने ३ असिस्ट गरेका छन्। 

उनले विश्व र जर्मनीको ध्यान तान्दै शाल्केविरुद्ध रेभियर डर्बीमा डर्टमन्टका लागि उत्कृष्ट गोल गरेका थिए। 

जर्मनीका टिमो वर्नरले चोट बोकेपछि जर्मनीको टोलीमा स्थान बनाउनका लागि मोकोको लागि मार्ग प्रशस्त भएको थियो। 

अल्फ्रेडो तालाभेरा  
कतार विश्वकपमा धेरै अुनभवी खेलाडीले स्पर्धा गर्दै छन्।

यो पटक ३९ वर्षीय डानी अल्भेस, ३८ वर्षीय थियागो शिल्भा ३७ वर्षीय लुका मोड्रिच र क्रिस्टियानो रोनाल्डोले कतार विश्वकप खेल्दै छन्। यी खेलाडीका लागि कतार विश्वकप अन्तिम हुने पनि अनुमान गरिएको छ। 

तिनैमध्येका एक मेक्सिकोका ४० वर्षीय अल्फ्रेडो पनि एक हुन्। अल्फेजो भेट्रान गोलकिपरमध्ये एक हुन्। उनले टोलीका लागि ३७ खेलमा गोलपोष्ट सम्हालेका छन्। 

उनले टोलीका युवा खेलाडी कार्लोस एसेभेडोले आफ्नो स्थान लिनेमा आशावादी छन्। तर टोलीका प्रशिक्षक टाटा मार्टिनेले एसेभेडोलाई मेक्सिकोको टोली बाहिर राखे। 

इलियास चेयर (मोरोक्को)
कतार विश्वकप खेल्ने मोरोक्कोका इलियास चेयर सबैभन्दा होचा खेलाडी हुन्। 

उनको उचाइ ५ फिट २ इन्च मात्र छ। कदमा होचा भए पनि उनले मोरक्कोको राष्ट्रिय टोलीका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन्। 

उनले यो सिजन आफ्नो क्लब क्युपीआरका लागि इंग्लिस च्याम्पियनसिपमा ३ गोल गर्दा ६ असिस्ट प्रदान गरेका छन्। 

समूह एफमा रहेको मोरक्कोले समूह चरणमा बेल्जियम, क्यानडा र क्रोएसियासँग खेल्नेछ। 

आन्द्रेस नोपेर्ट (नेदरल्याण्ड) 
नेदरल्याण्डका ६ फिट ६ इन्च अग्ला गोलरक्षक आन्द्रेसलाई समेट्दै नेदरल्याण्डको टोलीको घोषणा भएको छ।

क्लब साइडमा हिरेनभिनमा उनले गरेको प्रदर्शनबाट प्रभावित भएर प्रशिक्षकले उनलाई टोलीमा समावेश गरेका हुन्। 

इरेडिभिसमा १४ खेलमा उनले ६ खेलमा क्लिन सिट राखेका छन्। उनको उचाइका कारण पनि डच टोली उनको भरोसामा छ। 

लियोनल मेस्सी (अर्जेन्टिना) 
अर्जेन्टिनी स्टार लियोनल मेस्सीले आफ्नो देशका लागि अन्तिम विश्वकप खेल्दै छन्। उनले गत वर्ष नै कतार विश्वकप आफ्नो लागि अन्तिम हुने बताएका थिए। 

मेस्सीले विश्वकपका १९ खेल खेल्दा ६ गोल गरेका छन् भने ५ असिस्ट दिएका छन्। 

मेस्सीले आफ्नो देशका लागि १६५ खेल खेल्दा ९१ गोल गरेका छन्। उनी अन्तिम समयमा विश्वकपको ट्रफी उचाल्न चाहान्छन्। 

थोमस मुलर (जर्मनी) 
जर्मनीका खेलाडी थोमस मुलर जर्मन टोलीमा ‘रेडियो मुलर’को नामले चर्चित छन्। उनले जर्मनी र बायर्न म्युनिखबाहिर आफ्नो प्रष्ट विचार राख्छन्। 

उनी क्लबमा साथीहरुसँग होस् वा विपक्षी र रेफ्रिहरुको अगाडि आफ्नो मनमा लागेको कुरा प्रष्टसँग भन्छन्। त्यही क्षमताबाट प्रभावित भएर उनलाई रेडियो मुलरको उपनाम दिइएको हो। 

सन् २०१४ को विश्वकपमा उनले शानदार प्रदर्शन गर्दै सिल्भर बल जितेर सबैलाई प्रभावित पारेका थिए।

उनी आफ्नो क्लबलाई आवश्यक परेको समयमा गोल निकाल्न सक्षम छन्। उनी आफूलाई डिफेन्स र मिडफिल्डमा पनि उत्तिकै दक्षता राख्छन्। 

सन् २०१० मा उनले ५ गोल गर्दै गोल्डेन बुट जितेका थिए। विश्वकपमा उनले १० गोल गरेका छन् भने ६ असिस्ट दिएका छन्। 

विश्वकपबारे थप स्टोरी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .