ad ad

खेल


समूह ‘बी’मा बलियो इंग्ल्यान्डलाई कसले देला टक्कर? यस्ता छन् अन्य टोली

समूह ‘बी’मा बलियो इंग्ल्यान्डलाई कसले देला टक्कर? यस्ता छन् अन्य टोली

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १०:२३, काठमाडौँ

कतार विश्वकपको समूह ‘बी’मा को हावी होला यसै भन्न सकिने अवस्था छैन। 

यद्यपि विश्वकै चर्चित इंग्लिस प्रिमियर लिग खेलाउने इंग्ल्यान्ड यो समूहमा छ तथापि कुनै बेला इंग्ल्यान्डलाई हराएको अमेरिकालाई पनि कम आँकिहाल्ने अवस्था छैन। 

यता इरान र वेल्सलाई पनि कम आँक्न मिल्ने अवस्था छैन। यसर्थ समूह ‘बी’का यी टोलीबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ। 

अमेरिकाले इंग्ल्यान्ड र इरानसँग अघिल्ला विश्वकपहरुमा प्रतिस्पर्धा गरिसकेको छ। सन् १९५० मा अमेरिकी टोलीले इंग्ल्यान्डलाई नकआउट चरणमा पाखा लगाइदिएको थियो भने सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा बराबरी खेल्दै समूहको शिरानमा रहन सफल भएको थियो। 

एसियाली देश इरानले पनि सन् १९९८ को फ्रान्समा भएको विश्वकपमा अमेरिकालाई हराएको थियो। 

यो विश्वकपमा इंग्ल्यान्ड पहिलो जित निकाल्दै आफूलाई समूहकै बलियो टोलीका रुपमा देखाउन चाहन्छ। तर यसै भन्न सकिने अवस्था भने छैन। 

चार टोलीले राउन्ड रोबिन फरम्याटमा प्रतिस्पर्धा गर्नेछन्। त्यसमा प्रत्येकले अन्य तीन टोलीसँग खेल्नेछन्। सोही खेलका आधारमा समूहमा उनीहरुको स्थान निश्चित हुनेछ। तीनवटा समूहचरणका खेल, जितमा ३ अंक, बराबरीमा १ र हार्दा अंकरहित हुने यो फरम्याट हो। 

यसरी प्राप्त कुल अंकको आधारमा समूहको शीर्ष २ मा पर्ने टोली अर्को राउन्डमा जानेछ। यदि टोलीबीच अंक बराबरी भए गोल डिफरेन्सलाई आधार मानिनेछ।   

कुन टोली कस्ता छन्? 

इंग्ल्यान्ड 
यो टोली सन् २०१८ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। त्यसयता सन् २०२० मा युरोकपको फाइनलसम्म नै पुग्न सफल रह्यो। फाइनलमा इटलीसँग पेनाल्टीमा हार्नुपरेको थियो। त्यसकारण यसपटक इंग्ल्यान्डले आफूलाई अब्बल साबित गर्न भरमग्दुर प्रयास गर्ने निश्चित छ। यसै पनि सन् १९६६ यता इंग्ल्यान्डले कुनै महत्वपूर्ण ट्रफी उचालेको छैन। 

यसका प्रशिक्षक ग्यारेथ साउथगेटसँग धेरै युवा र अनुभवी खेलाडी छन्। इंग्ल्यान्डका मुख्य खेलाडीमा ह्यारी केन (टोटनह्याम), डिक्लान राइस (वेस्ट ह्याम) र रहिम स्टर्लिङ जस्ता खेलाडी छन्। 

टोली 
गोलरक्षक : डिन हेन्डर्सन, निक पोप र आरोन राम्सडेल

डिफेन्डर : ट्रेन्ट अलेजेन्डर आर्नोल्ड, बेन ह्वाइट, कनर कोडी, एरिक डायर, ह्यारी म्यागुइरे, ल्युक श, जोन स्टोन्स, किनर ट्रिपियर, काइल वाकर

मिडफिल्डर : ज्युड बेलिंगम, म्यासोन माउन्ट, काल्भिन फिलिप्स, डिक्लान राइस, जोर्डन हेन्डरसन, कनर ग्यालेगर, जेम्स म्याडिसन

फरवार्ड : फिल फोडेन, ज्याक ग्रिलिस, ह्यारी केन, बुकायो साका, रहिम स्टर्लिङ, क्यालुम विल्सन, मार्कस राशफोर्ड

अमेरिका 
क्षेत्रीय छनोटमार्फत अमेरिका यो विश्वकपमा खेल्नलागेको हो। पहिलो विश्वकपमा सेमिफाइनलसम्म पुग्नु नै विश्वकपमा अमेरिकाले निकालेको उत्कृष्ट नतिजा हो। यो उसको ११औँ विश्वकप यात्रा हो। 

ग्रेग बरहाल्टरको टोलीमा पर्याप्त युवा खेलाडी छन्। चेल्सीका क्रिस्टियन प्युलिसिकले यसपटक मुख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ भने बोरुसिया डर्टमन्डका जियो रेनाले रचनात्मक आक्रमण बुन्न सक्नेछन्।

छनोट चरणमा २१ गोल गरेको कारण समूहका अन्य टोलीका लागि अमेरिका वास्तविक चुनौती बन्न सक्नेछ।  

टोली 
गोलरक्षक : इथान होर्वाथ, सिन जोनसन र म्याट टर्नर 

डिफेन्डर : क्यामरन कार्टर भिकर, सर्जिनो डेस्ट, आरोन लंग, शाक मुरे, टिम रिम, एन्टोनी रोबिन्सन, जोय स्क्याली, डियान्द्रे येडलिन, वाकर जिमरम्यान

मिडफिल्डर : ब्रेन्डन आरोन्सन, केलिन अकोस्टा, टाइलर आडम्स, ल्युका डे ला टोरे, वेस्टन म्याकिनी, युनुस मुसा, क्रिस्टियन रोल्डान

फरवार्ड : जेसस फेरेइरा, जोर्डन मोरिस, क्रिस्टियन प्युलिसिक, जियो रेना, जोस सर्जेन्ट, टिम विया, हाजी राइट

इरान 
इरान एसियाबाट लगातार तेस्रोपटक विश्वकपमा छनोट भएको हो। उसले यो विश्वकपका लागि आठवटा जित र एउटामात्र हार व्यहोरेको थियो। सोसँगै समूहको टपमा रहँदै दक्षिण कोरियासँगै छनोट भएको थियो। 

पोर्टोका फरवार्ड मेह्दी तारेमी, फिएनोर्डका अलिरेजा जहान्बाख्स र बायर लेभरकुसेनका सर्दार अजमाउनले इरानलाई बलियो आक्रमण युनिट दिएको छ। तर प्रशिक्षणलाई लिएर सबैको ध्यान तानेको छ। यसका प्रशिक्षक पोर्चुगलका कार्लोस क्युरियोज छन्। उनैले सन् २०१४ र १८ मा विश्वकप पुर्याएका थिए। 

टोली 
गोलकिपरः अलिरेजा बेइरानभान्ड (पर्सेपोलिस), अमिर अबेदजादेह (पोनफेरादिना), सेयद होसेन होसेनी (एस्टेगलाल), पायम नियाजमान्ड (सेपाहान)

डिफेन्डरः एहसान हजसाफी (एईके एथेन्स), मोर्तेजा पौरालिगन्जी (पर्सेपोलिस), रामिन रेजाएन (सेपाहान), मिलाद मोहम्मदी (एईके एथेन्स), होसेन कानानिजादेगन (अल अहली), शोजाए खलिलजादेह (अल अहली), सादेघ मोहर्राबेह (अल अहली), सादेघ मोहर्राबे (डी, चेश्मी (एस्तेगलाल), माजिद होसेनी (कायसेरिसपोर), अबोलफजल जलाली (एस्तेगलाल)

मिडफिल्डरः अहमद नुरोल्लाही (शबाब अल अहली), समन घोड्डोस (ब्रेन्टफोर्ड), वाहिद अमिरी (पर्सेपोलिस), सईद इजातोलाही (वेजेल), अलिरेजा जहानबख्श (फेयेनूर्ड), मेहदी तोराबी (पर्सेपोलिस), अली घोलिजादेह (चार्लेरोई (कार्लेरोइ), अली घोलिजादेह (चार्लेरोइ) 

फरवार्डः करिम अन्सारिफार्ड (ओमोनिया निकोसिया), सरदार अजमोन (बायर लेभरकुसेन), मेहदी तारेमी (पोर्टो)

वेल्स 
सन् १९५८ मा क्वार्टरफाइनलसम्म पुगेको थियो। त्यसबाहेक विश्वकपमा वेल्सले राम्रो नतिजा निकाल्न सकेको छैन।

रोबर्ट पेजको प्रशिक्षण रहेको टोली पछिल्ला वर्षयता राम्रो बनिरहेको छ। उनले युरो २०१६ को सेमिफाइनलसम्म टोलीलाई पुर्याएका थिए। सेमिफाइनलमा च्याम्पियन पोर्चुगलसँग वेल्स हारेको थियो।

ग्यारेथ बेल र फुलहममा लोनमा रहेका ड्यानियल जेम्स यसपटकको विश्वकपमा वेल्सका आशलाग्दा खेलाडी हुन्। 

टोली 
गोलरक्षक : वायन हेनेसी, डेनी वार्ड, एडम डाभिस

डिफेन्डर : नेको विलियम्स, बेन डाभिस, बेन काबाङ्गो, जो रोडन, क्रिस मेफाम, एथन एमपाडु, क्रिस गन्टर, कोनर रोबर्टस्, टोम लकर

मिडफिल्डर : आरोन राम्सी, जोय एलन, ह्यारी वील्सन, जोम मोरेल, डिलन लेविट, रुविन कोलवील, जोनी वीलियम्स, म्याथु स्मिथ, सोर्वा थोमस 

फरवार्ड : ग्यारेथ बेल, डेन जेम्स, किफर मुरे, मार्क ह्यारिस, ब्रेनान जोन्सन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .