स्याङजा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत चार वटा मतदान केन्द्रमा बुथ कब्जा गरिएकाे उम्मेदवारहरुले आरोप लगाएका छन्।
प्रतिनिधि सभा र प्रदेश सभाका १४ जना उम्मेदवारले निर्वाचन आयोग र सम्बन्धित मतदान अधिकृतलाई निवेदन लेखी बुथ कब्जा भएका स्थानमा पुनः मतदान गर्न माग गरेका छन्।
चापाकोट नगरपालिका वडा नं ३ को दिसिङकोट आधारभूत विद्यालय कमेरे, वडा नं ४ को राम मन्दिर मावि दार्सिङ, वडा नं ५ को जनसक्रिय मावि चिठ्ठी पोखरी र वडा नं ४ कै दिन दयालु आधारभूत विद्यालय साठीमुरे केन्द्रमा कर्मचारीलाई नियन्त्रणमा लिइ अनधिकृत मतदान गरिएको उनीहरुको आरोप छ।
बुथ कब्जा गरिएको खबर पाएपछि आफूहरु बुझ्न जाँदा उम्मेदवारहरुलाई समेत भित्र जान नदिई जबर्जस्ती भोट हालिएको उनीहरुले बताएका छन्।
नेकपा (एमाले) को तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार एवम् पूर्वमन्त्री पद्माकुमारी अर्यालसहित ६ जना प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार, चार जना समानुपातिक उम्मेदवार र चार जना प्रदेश उम्मेदवार तथा तिनका प्रतिनिधिद्वारा निर्वाचन आयोगलाई बुझाइएको पत्रमा सो मतदान रद्द गरी पुनः मतदान गर्न माग गरिएको छ।
स्याङजा क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धनराज गुरुङ उम्मेदवार छन्।
Shares
प्रतिक्रिया