फिफा पुरुष विश्वकपमा पहिलो पटक महिला रेफ्रीलाई जिम्मा दिइएको छ। अहिले जारी मेक्सीकोविरुद्ध पोल्याण्डको खेलमा फ्रान्सकी स्टेफनी फ्रापार्टले पहिलो पटक खेल खेलाउँदै इतिहास रचेकी छिन्।
उनी विश्वकप खेलाउने पहिलो महिला रेफ्री बनेकी छन्। ३८ वर्षीया करियरमा उनी पहिलो पटक पुरुष विश्वकप खेलाइरहेकी छन्। विश्वकप अन्तर्गत पोल्याण्ड र मेक्सिकोबीचको खेलमा फोर्थ अफिसीयलको भुमिका उनलाई दिइएको छ।
फापार्ट कतार विश्वकप खेलाउने रेफ्रीमा चर्चित नाम हो। फ्रापार्टले फ्रान्समा २०१९ मा विश्वकप र यूईएफए सुपर कपमा समेत सहभागी थिइन्। स्टेफनीले सन् २०२० मा पुरुष च्याम्पियन्स लिग खेलाउने पहिला महिला रेफ्री बन्दै इतिहासमा नाम लेखाउँदै तरंग ल्याएकी थिइन्।
कतार विश्वकपको हिस्सा हुनुअघि उनले २०२२ को कुप डे फ्रान्स फाइनलमा पनि रेफ्री थिइन्। उनले सन् २०१९ मा तीन वर्षको लागि आईएफएफएचएस विश्व सर्वश्रेष्ठ महिला रेफ्री अवार्ड जितेकी छिन्। यसपटक विश्वकपमा तीन जना महिला रेफ्रि छानिएको छ।
Shares
प्रतिक्रिया