कतार विश्वकप अन्तर्गत समूह सीको दोस्रो खेलमा मेक्सीको र पोल्याण्डबीच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
दोहास्थित स्टेडियम ९७४ मा जारी खेलमा दुवै टोलीले सुन्दर मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्।
समुह सी मा रहेका दुवै टोली पहिलो जितको खोजिमा छन्। पोल्याण्ड २०१८ विश्वकपमा समूहचरणबाटै घर फर्किएको थियो। मेक्सिको भने पछिल्लो आठ विश्वकपमा लगातार समूह चरण पार गर्दै आएको छ।
आजै भएको यो समुहको पहिलो खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ ले हराउँदै ३ अंक जोडेको छ। यसपछि यी दुवै टोलीले साउदी र अर्जेन्टिनाको सामना गर्नेछन्।
45
Shares
प्रतिक्रिया