विश्वकप फुटबलमा अहिले पोल्याण्ड र मेक्सिको भिडिरहेका छन्। दुवै टोली गोल रहित बराबरी खेलिरहेका छन्।
खेलको ५७ औं मिनेटमा पोल्याण्डले पेनाल्टि पाएपनि कप्तान रोवर्टो लेवाण्डोस्कीले गोल गर्न नक्सदा मेक्सिकोविरुद्ध अग्रता लिने मोका गुमाएको हो।
कप्तान रोबर्टो लेवान्डोस्कीले पेनाल्टीमा चुक्दा पोल्याण्ड कतार विश्वकपमा मेक्सिकोविरुद्ध अग्रता बनाउनबाट चुकेको छ।
दोहास्थित स्टेडियम ९७४ मा खेलको ५७ औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्न चुक्दा अग्रता बनाउनबाट बन्चित भएको हो। लेवान्डास्कीको प्रहार मेक्सीका गोलरक्षकले पञ्च गर्दै बचाए।
मेक्सीको र पोल्याण्डबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
जारी खेलमा दुवै टोलीले सुन्दर मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्।
पोल्याण्ड २०१८ विश्वकपमा समूहचरणबाटै घर फर्किएको थियो। मेक्सिको भने पछिल्लो आठ विश्वकपमा लगातार समूह चरण पार गर्दै आएको छ।
आजै भएको यो समुहको पहिलो खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले हराउँदै ३ अंक जोडेको छ।
Shares
प्रतिक्रिया