कतार विश्वकप अन्तर्गत कोस्टारिका विरुद्ध स्पेनले अग्रता दोब्बर पारेको छ।
अल थुमामा रगंशालामा जारी खेलमा स्पेनले कोस्टारिकाविरुद्ध २–० ले अग्रता बनाएको हो।
खेलको २१ औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै अग्रता दोब्बर पारे।
त्यसअघि ११ औँ मिनेटमा डानी ओल्मोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको पाँचौ मिनेटमा ओल्मोले गरेको प्रहारले पोष्टको दिसा लिन नसक्दा स्पेन अग्रता बनाउनबाट चुकेको थियो। नवौँ मिनेटमा मार्को एसेन्सीयो प्रहार गोलरक्षले बचाउ गरे।
यसअघिको विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको स्पेन २०१० को इतिहास दोर्होयाउने योजनामा छ। सन् १९३४ को पहिलो सहभागितामा नै क्वार्टफाइनलसम्मको यात्रा तय गरेको स्पेनले १९५० मा तेस्रो स्थानका लागि खेलेको थियो।
प्रतिक्रिया