कोस्टारिकाविरुद्ध स्पेनले तेस्रो गोल गरेको छ।
खेलको ३१ औं मिनेटमा स्पेनका लागि फेरान टोरेसले पेनाल्टिमा गोल गरेका हुन्। खेलको ११ औँ मिनेटमा डानी ओल्मोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसको १० मिनेटपछि २१ औँ मिनेटमा मार्को एसेन्सियोले अग्रता दोब्बर पारे। एसेन्सियोले जोडी अल्बाको पासमा सुन्दर गोल गरेका हन्। त्यसपछि पनि कोस्टारिकाको पोष्टमा स्पेनको आक्रमण रोकिएन। ३१ औँ मिनेटमा फेरान टोरेसले पेनाल्टीमा गोल गर्दै स्पेनलाई ३–० को अगता दिलाएका हुन्।
पेनाल्टी एरियमा कोस्टारिकाका खेलाडीले खराब ट्याकल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो।
81
Shares
प्रतिक्रिया