कतार विश्वकपको समूह ‘ए’ को दोस्रो चरणको खेलमा कतार र सेनेगल भिड्दैछन्। खेल अल थुमामा स्टेडियममा सुरु भएको छ।
फिफा विश्वकपमा खराब सुरुवात गरेको घरेलु टोली कतार सेनेगल विरुद्ध जित्नैपर्ने दबाबमा मैदान उत्रदैछ। आयोजकको हैसियतमा विश्वकप खेलिरहेको कतार शुक्रबार जित्नै पर्ने दबाबमा छ।
समूह ‘ए’ मा रहेका कतार र सेनेगल नकआउट चरणमा पुग्न जित्नै पर्ने दबाबमा छन्। आजको खेलमा पराजित भए कतार एक खेल अगावै समुह चरणबाट बाहिरिने संभावना बढी छ। तर, आजको खेलमा जित निकाल्ने टोलीलाई पनि अन्तिम १६ मा पुग्न त्यति सहज छैन।
कतार घरेलु लिग खेलिरहेका खेलाडीको साथमा मैदान उत्रिएको छ। उता सेनेगल घरेलु टोलीलाई स्तब्ध पार्ने योजनामा छ।
186
Shares
प्रतिक्रिया