घरेलु टोलीविरुद्ध सेनेगलले सुरुवाती अग्रता बनाएको छ। अल थुमामा स्टेडियममा पहिलो हाफ चलिरहँदा खेलको ४१ औँ मिनेटमा बौलाया डियाले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका हुन्।
समुह ए मा रहेका दुवै टोली पहिलो जितको खोजीमा छन्। नकआउट चरणमा स्थान बनाउनका लागि आजको खेलमा दुवै टोलीलाई स्पष्ट जितको खाँचो छ।
कतार पहिलो खेलमा इक्वेडरसँग २–० ले पराजित भएको थियो। सेनेगलले पनि नेदरल्याण्ड्सलाई २–० को नतिजा सुम्पेको थियो।
आजको खेलमा सेनेगलले जित दर्ता गरे अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउनेछ। उसले अन्तिम खेल इक्वेडरसँग खेल्ने छ। त्यो जिते अघिल्लो चरण पक्का हुनेछ।
51
Shares
प्रतिक्रिया