विश्वकप फुटबलमा कतार खराब इतिहास नजिक पुगेको छ। अहिले जारी खेलमा सेनेगलले २–० को अग्रता बनाउँदा कतार लगातार दोस्रो खेलमा पराजय नजिक पुगेको हो।
यो खेलमा पराजित भए कतार समूह चरणबाटै बाहिरिने संघारमा पुग्ने छ। एक खेल अघि नै उ विश्वकपको समूह चरणबाटै बाहिरिने तय हुने छ।
अल थुमामा स्टेडियममा खेलको दोस्रो हाफ जारी रहँदा सेनेगलले कतारविरुद्ध २–० ले अग्रता बनाएको हो। खेलको ४८ औँ मिनेटमा फमारा दाइदेउले गोल गर्दै २–० को अग्रता बनाएका हुन्।
सेनेगलमन फमाराले इस्माएल जाकोब्सको पासमा बललाई पोष्टको जाली चुमाएका हुन्। त्यसअघि खेलको ४१ औँ मिनेटमा बौलाया डियाले गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता थिए।
486
Shares
प्रतिक्रिया