फिफा विश्वकपमा ट्युनिसियाविरुद्ध खेलको पहिलो हाफमा अष्ट्रेलियाले अग्रता बनाएको छ। अद जनौव स्टेडियममा खेलको पहिलो हाफ सकिँदा अष्ट्रेलियाले १–० ले अगाडि छ।
खेलको २३ औँ मिनेटमा मिच डयूकले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ४१ औँ मिनेटमा ट्युनिसियाका मोन्टारी तालबीको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदाँ बराबरी गर्ने मौका गुमायो।
खेलको ४४ औँ मिनेटमा ड्युकको प्रहारले पनि पोष्टको दिसा लिन सकेन।पहिलो हाफको अतिरिक्त समयमा कप्तान युसुफ मसाकनीको प्रहार पोष्टको नजिकैबाट बाहिरिदा बराबरी बाट चुक्न पुग्यो।
समुह चरणको पहिलो खेलमा फ्रान्ससँग ४–१ ले पराजित भएको अष्ट्रेलिया दोस्रो खेलमा जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाउने दाउमा छ।
उता डेनमार्कसँग पहिलो खेलमा बराबरी गर्दै अंक बाँडेको ट्युनिसिया दोस्रो जित निकाल्दै नकआउट चरण पुग्न चाहान्छ।
Shares
प्रतिक्रिया