फिफा विश्वकप अन्तर्गत सर्वियाविरुद्ध क्यामरुनले सुरुवाती अग्रता बनाएको छ। अल जनौव स्टेडियममा खेलको २८ औँ मिनेटमा क्यामरुनका जीन–चाल्र्स क्यास्टेलेटोको गोलमा क्यामरुनले अग्रता बनाएको छ।
खेलको १९ औँ मिनेटमा क्यामरुनका पेरि कुन्डेको प्रहार सर्वियाका गोलरक्षकले पन्च गर्दै बचाए।
यसअघि पहिलो खेलमा क्यामरुन स्विटजरल्याण्डसँग र सर्विया ब्राजिलसँग पराजित भएका थिए। आज जित्ने टोलीको अघिल्लो चरण संभावना कायम रहन्छ। तर त्यसका लागि अन्तिम खेलमा पनि जित आवश्यक हुन्छ।
96
Shares
प्रतिक्रिया