ad ad

खेल


सर्विया र क्यामरुनको रोमाञ्चक बराबरी, ब्राजिल वा स्विट्जरल्याण्डलाई लाग्नसक्छ धक्का

सर्विया र क्यामरुनको रोमाञ्चक बराबरी, ब्राजिल वा स्विट्जरल्याण्डलाई लाग्नसक्छ धक्का

नेपालखबर
मंसिर १२, २०७९ सोमबार १७:४७, काठमाडौँ

पहिलो खेलमा खराब नतिजा व्यहोरेका दुई टोली सर्विया र क्यामरुनले दोस्रो खेल रोमान्चक बराबरी खेलेका छन्। खेलमा क्यामरुनले सुरुवाती अग्रता लिएको थियो।

तर पहिलो हाफको इन्ज्युरी समयमा २ गोल गर्दै सर्वियाले अग्रता बनायो। दोस्रो हाफको सुरुमै सर्वियाले अर्को गोल थप्दै ३–१ मा पुर्यायो। तर क्यामरुनले पनि त्यसको १० मिनेटपछि ३ मिनेटको फरकमा २ गोल गर्दै खेल बराबरी गरेका हुन्। 

यो नतिजाले समूह जी का ब्राजिल र स्विट्जरल्याण्डलाई तनाव दिन सक्ने देखिएको छ। आज पराजित हुने टोली बाहिरिने सम्भावना रहनेछ। 
अल जनौव स्टेडियममा खेलको पहिलो हाफमा २–१ ले पछि परेको क्यामरुनले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेल ३–३ को बराबरीमा ल्याएको हो।

खेलको ६६ औँ मिनेटमा एरिक मैक्सिक चौपो– मोटिंगले गोल गर्दै क्यामरुनलाई खेलमा फर्काए। त्यसअघि खेलको ६३ औँ मिनेटमा भिसेन्ट अबुबाकरको गोलमा क्यामरुनले अग्रता घटाएको थियो। 

खेलको ५३ औँ मिनेटमा सर्वियाका एन्ड्रीज जिभकोभिचको पासमा एलेक्स मिट्रोभिकले खेल ३–१ मा पुर्याए पनि सर्वियाले त्यसलाई जोगाउन सकेन।

पहिलो हाफको अतिरिक्त समयमा सगेज मिलिक्कोविक साविकले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए। त्यसअघि अतिरिक्त समयमा स्टाहिनजा पावलोभिकको गोलमा सर्वियाले क्यामरुनसँग बराबरी गरेको थियो। 

२८ औँ मिनेटमा क्यामरुनका जीन–चाल्र्स क्यास्टेलेटोको गोलमा क्यामरुनले अग्रता बनाएको थियो। तर उसले पनि अग्रता जोगाउन सकेन। दुवै टोलीले पछि परेको अवस्था तोडे र दुवैले अग्रता लिए पनि जोगाउन नसक्दा खेल रोमान्चक बन्यो। 

अब यो समूहमा यी दुवै टोलिको समान १ अंक छ। ब्राजिल र स्विट्जरल्याण्डको समान ३ अंक छ। तर यी टोली आजै राति भिड्दैछन्। यो खेल जित्ने टोलीको अघिल्लो चरण पक्का हुने छ। तर हार्ने टोली बाहिरिने सम्भावना कायम रहनेछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .