ad ad

खेल


पोर्चुगल नकआउट चरणमा, उरुग्वेसँग लियो बदला

पोर्चुगल नकआउट चरणमा, उरुग्वेसँग लियो बदला

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार २:४४, काठमाडौँ

ब्रुनो फर्नान्डेज नायक बन्दा उरुग्वेलाई पराजित गर्दै पोर्चुगल कतार विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ।

सोमबार मध्यराति लुसैल स्टेडियममा भएको खेलमा उरुग्वेलाई २-० ले पराजित गर्दै पोर्चुगलले एक खेल अगावै अन्तिम १६ मा स्थान पक्का गरेको हो। 

दोस्रो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीको अवसर फर्नान्डेजले खेर जान दिएनन्। पेनाल्टी एरियाभित्र उरुग्वेका गिमनेजको ह्याण्ड भएपछि रेफ्रीले भिएआरको सहायतामा पेनाल्टी दिएका थिए। 

त्यसअघि खेलको ५४ औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। उनले ३६ यार्ड टाढाबाट गरेको प्रहारले पोष्टको जाली चुम्दा पोर्चुगलले अग्रता बनाएको थियो। 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा फर्नान्डेजले दोस्रो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 
पोर्चुगलसँग उरुग्वे पराजित भएपनि अघिल्लो चरण प्रवेशको सम्भावना भने जिवितै छ। 

यसअघि सन् २०१८ मा उरुग्वेसँग पराजित हुँदै पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको थियो। सोमबार उरुग्वेलाई पराजित गर्दै पोर्चुगलले ४ वर्ष अघिको हारको बदला लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .