फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्रोएसियाविरुद्धको खेल अतिरिक्त समयमा धकेलिएको छ।
दोहास्थित एजुकेशन सिटी स्टेडियममा जारी पहिलो क्वार्टरफाइनल खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो।
निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्।
अतिरिक्त समयमा पनि गोल हुन नसके खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइनेछ।
पाँच पटकको विश्व विजेता ब्राजिल छैटौँ उपाधि जित्न संर्घष गरिरहेको छ। उता साविक उपविजेता क्रोएसिया यो पटक उपाधि जित्ने दाउमा छ।
588
Shares
प्रतिक्रिया