ad ad

खेल


ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार २३:३१, काठमाडौँ

सर्वाधिक विश्वविजेता ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति एजुकेशन सिटी रंगशालामा ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो। 

क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो। यसअघि पनि ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। 

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। अतिरिक्त समयमा १–१ को बराबरी भएको हो। 

खेलको १०६ मिनेटमा ब्राजिलले अग्रता लिए पनि क्रोएसियाले ११७ मिनेटमा बराबरी गोल फर्काएको हो। क्रोएसियाका लागि ब्रुनो पेटकोभिचले बराबरी गोल फर्काएका हुन्। त्यसअघि नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए। 

अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो। 

क्रोएसियाले अन्तर्राष्ट्रिय फुटबलमा उच्चस्तरको खेल प्रस्तुत गरिरहेको छ। खासगरी ठूला खेलमा अप्रत्याशित नतिजा प्राप्त गरिरहेको छ। १९९८ मा तेस्रो स्थानका लागि भएको खेलबाहेक क्रोएसियाले ८ मध्ये ७ नकआउट खेल अतिरिक्त समयमा टुंगो लगाएको छ।

विश्वकपमा पछिल्ला ५ मध्ये ४ नकआउट खेल अतिरिक्त समयमा धकेलिएका छन्। तीन खेलमा पेनाल्टीमा क्रोएसिया विजयी भएको छ। 
यो उसको चौथो जित हो। १९९८ मा पहिलोपटक सहभागी हुँदा नै क्रोएसिया तेस्रो भएको थियो। २०१८ को विश्वकप फाइनलमा फ्रान्ससँग निर्धारित समय ९० मिनेटमै टुंगिएको थियो। जुन खेलमा क्रोएसिया ४–२ ले हारेको थियो। 

प्रशिक्षक डालिकको नेतृत्वमा क्रोएसिया अन्तिम ११ खेलमा अपराजित छ। युरो २०२० यताका २० खेलमध्ये एउटामा मात्रै हारेको छ। 

विश्वकपमा क्रोएसियाको यो छैटौं सहभागिता हो। सन् २०१० बाहेक विश्वकपमा ऊ नियमित सहभागी भइरहेको छ। 

ब्राजिल भने पछिल्ला ५ मध्ये ४ क्वार्टरफाइनलमा हारेको छ। फ्रान्स, नेदरल्यान्ड्स र बेल्जियमसँग क्रमशः २००६, २०१० र २०१८ मा हारेको थियो। 

२००२ को विश्वकपको फाइनलमा जर्मनीलाई २–० ले हराएपछि पछिल्ला ६ वटै नकआउट खेलमा ब्राजिललाई युरोपेली राष्ट्रले अघि बढ्न दिएका छैनन्। 

ब्राजिल क्रोएसियासँग पछिल्ला ४ भेटमा हारेको थिएन। गत हप्ता क्यामरुनसँगको १–० को हार उनीहरुको अन्तिम १९ खेलपछिको एक मात्र हार थियो। 

अब क्रेएसियाले फाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र अर्जेन्टिनाको विजेतासँग भिड्नेछ। दोस्रो क्वार्टरफाइनल खेल नेपाली समयानुसार शुक्रबार राति १२ः४५ बजे हुनेछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .