ad ad

खेल


ब्राजिल लगातार दोस्रो पटक क्वार्टरफाइनलबाट बाहिरियो

ब्राजिल लगातार दोस्रो पटक क्वार्टरफाइनलबाट बाहिरियो

नेपालखबर
मंसिर २४, २०७९ शनिबार २:२, काठमाडौँ

पाँच पटकको विश्व विजेता ब्राजिल लगातार दोस्रो पटक विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएको छ। शुक्रबार भएको खेलमा ब्राजिल साविक उपविजेता क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै विश्वकपको यात्रा टुङग्याएको छ।

निर्धारित समयमा गोलरहित भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै साविक विजेता क्रोएसिया सेमिफाइलनमा पुगेको हो। 
यसअघि २०१८ को विश्वकपमा ब्राजिल बेल्जियमसँग २–१ ले पराजित हुँदै अन्तिम ८ बाटै बाहिरिएको थियो। विश्वकपको सुरुवातदेखि नै हरेक संस्करणमा सहभागिता जनाउने ब्राजिल एक्लो टोली हो। 

विश्वकपको २२ औँ संस्करणसम्म आइपुग्दा ब्राजिल छ पटक क्वार्टरफाइनलमा सिमित बनेको छ। दुई पटक समुह चरणबाटै बाहिरिँदा समान एक पटक समुह चरण र दोस्रो समुह चरणबाट बाहिरिएको छ। सन् १९३८ र १९७८ मा तेस्रो हुँदा १९५० र १९५८ मा उपविजेता बनेको थियो। १९७४ मा भने चौथो भएको थियो। 

विश्वकपमा सफल टोली ब्राजिलले १९५८,१९६२, १९७०, १९९४ र २००२ मा विश्वकपको ट्रफी उचालेको छ। 

ब्राजिलको हालकाे टोलीमा सर्वाधिक विश्वकप खेल्ने कप्तान थिएगो सिल्भा हुन्। उनले सन् २०१०, २०१४, २०१८ र २०२२ को विश्वकप खेलेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .