फिफा विशवकपमा अर्जेन्टिनाविरुद्ध नेदरल्याण्डस्ले अग्रता घटाएको छ। खेलको ८३ औँ मिनेटमा ओउट वेग्होस्र्टको गोलमा नेदल्याण्डले अर्जेन्टिनाको अग्रता २–१ मा झारेको हो।
त्यसअघि कप्तान लियोनल मेस्सीको पेनाल्टीमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियाे।
खेलको ७१ औँ मिनेटमा नेदरल्याण्डस्का खेलाडीले फउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। ७३ औँ मिनेटमा कप्तान मेस्सीको पेनाल्टी प्रहार रोक्ने कुनै अवसर पाएनन्।
त्यसअघि लुसैले स्टेडियममा खेलको ३५ औँ मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका हुन्।
प्रतिक्रिया