ad ad

खेल


नेदरल्याण्ड्सको बाटोमा फेरि पनि अर्जेन्टिना बाधक

नेदरल्याण्ड्सको बाटोमा फेरि पनि अर्जेन्टिना बाधक

नेपालखबर
मंसिर २४, २०७९ शनिबार ३:४९, काठमाडौँ

अर्जेन्टिनासँग पराजित हुँदै नेदरल्याण्ड्स कतार विश्वकपको क्वार्टरफाइनलबाटै घर फर्किएको छ। 

लुसैले स्टेडियममा शनिबार बिहान सकिएको खेलमा पेनाल्टी सुटआउटमा अर्जेन्टिनासँग ४-३ ले पराजित हुँदै नेदरल्याण्ड्स अन्तिम ८ बाटै बाहिरिएको हो। 

खेलको ३५ औँ मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए। ७३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीको पेनाल्टीमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेको थियो। तर ८३ औँ मिनेटमा ओउट वेग्होस्र्टको गोलमा नेदरल्याण्ड्स खेलमा फर्किएको थियो। 

खेलको अतिरिक्त समयमा वेग्होस्र्टले गोल गर्दै २–२ को बराबरी गरेका थिए। 

निर्धारित समयमा दुवैतर्फबाट बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। 

यसअघि सन् २०१४ को सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टीमा ४–२ ले पराजित हुँदै डच टोली उपाधिबाट टाढिएको थियो। 

यसअघि सन् २०१८ मा छनोट नै हुन नसकेको नेदरल्याण्ड्स २०१४ मा भने तेस्रो भएको थियो। सो खेलमा ब्राजिलसँग ३–० ले पराजित हुँदै डच टोली बाहिरिएको थियो। २०१० को उपविजेता टोली २०१६ मा भने नकआउट चरणबाटै बाहिरिएको थियो। 

विश्वकपमा उतारचढावपुर्ण यात्रा गरेको नेदरल्याण्ड्स २००२ मा भने छनोट नै हुन सकेन। १९९८ मा चौथो भएको डच टोली १९९४ मा क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। १९७४ र १९७८ को उपविजेता टोली १९३४ र ३८ मा भने नकआउट चरणबाटै बाहिरिएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .