ad ad

खेल


पोर्चुगलका मुख्य प्रशिक्षक भन्छन्– रोनाल्डोलाई यो समय एक्लै छाड्नुपर्छ

पोर्चुगलका मुख्य प्रशिक्षक भन्छन्– रोनाल्डोलाई यो समय एक्लै छाड्नुपर्छ

फाइल।


नेपालखबर
मंसिर २४, २०७९ शनिबार ९:२, काठमाडौँ

पोर्चुगल फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले स्टार फरवर्ड क्रिस्टियानो रोनाल्डोलाई यो समय एक्लै छाड्नुपर्ने बताएका छन्।

कतार विश्वकप अन्तर्गत नकआउट चरणको खेलमा स्वीटजरल्याण्डविरुद्ध बेन्चमा राखेपछि रोनाल्डोले राष्ट्रिय टोली छाड्ने धम्की दिएको बताइएको थियो। तर प्रशिक्षक फर्नान्डोजले भने यो विषयमा आफूलाई केही थाहा नभएको बताए।

सञ्चारमाध्यममा आएको कुरालाई पोर्चुगल फुटबल संघले पनि अस्वीकार गरेको छ। ३७ वर्षिय रोनाल्डो पहिलो पटक बेन्चमा बसेका हुन्। 

‘यो विषयमा उनीसँग यो बारेमा कुराकानी गरेको छैन, यस्तो विवादास्पद कुुरालाई यही रौकौँ’ रोनाल्डोलाई बेन्चमा राक्ने विषयमा उनलाई पहिले नै जानकारी दिएको सान्तोषले बताए। 

‘उनलाई पहिले नै बोलाएर यो बारेमा जानकारी दिएको थिए, उनलाई बेन्चमा राख्नुको कारणबारे भनेको थिए। उनी त्यो बेलामा नै खुसी थिएनन् किनकी उनी सँधै सुरुवातमा नै खेल्ने खेलाडी थिए,’ उनी भन्छन्, ‘उनले मलाई भनेका थिए, तपाइैंलाई लाग्छ यो राम्रो आइडिया हो। त्यो समयमा हामीबिच सामान्य कुराकानी भएको थियो। मैले मेरो विचारहरू उनीसामु राखेको थिए। उनले त्यसलाई स्वीकार गरेका थिए।’

विश्वकप सुरु हुनु अघि नै एक टेलिभिजन अन्तवार्ताका कारण उनी विवादमा आएका थिए। जसको कारण उनले म्यानचेष्टर युनाइटेड छाड्नु परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .