ad ad

खेल


स्पेनलाई रोकेको मोरक्कोले पोर्चुगललाई रोक्ला ?

स्पेनलाई रोकेको मोरक्कोले पोर्चुगललाई रोक्ला ?

नेपालखबर
मंसिर २४, २०७९ शनिबार १८:२२, काठमाडौँ

कतार विश्वकप अन्तर्गत क्वार्टरफाइनलको तेस्रो खेलमा शनिबार पोर्चुगल र मोरक्को भिड्दैछन्। अल थुमामा स्टेडियममा हुने खेल राति पौने ९ बजे सुरु हुनेछ। 

विश्वकपमा अपराजित रहेको मोरक्को पोर्चुगललाई पाखा लगाउँदै पहिलो पटक सेमिफाइनमा पुग्न चाहान्छ। पहिलो पटक क्वार्टरफाइनल पुगेको मोरक्को उच्च मनोबलका साथ इतिहासमा नयाँ इट्टा थप्ने लक्ष्यमा छ। मोरक्को अन्तिम ४ मा पुगेको खण्डमा पहिलो अफ्रिकी टोली बन्नेछ। 

उता पोर्चुगल पनि मोरक्कोलाई हराउँदै उपाधि जित्ने लक्ष्य जीवित राख्न चाहन्छ। नकआउट चरणमा स्विट्जरल्याण्डमाथि शानदार जित निकालेको पोर्चुगल सोही लयलाई निरन्तरता दिन चाहान्छ। 

आजको खेलमा ह्याट्रिक हिरो गोन्सालो रामोसलाई सुरुवाती ११ मै स्थान दिने सम्भावना छ। उनले स्वीटजरल्याण्डविरुद्ध ह्याट्रिक गरेसँगै सुरुवाती रोजाइमै स्थान बनाउने सम्भावना बलियो बनाएका छन्। 

विश्वकपको इतिहासमा यी दुई टोली दुई पटक आमनेसामने भएका छन्। जसमा दुवै टोलीले एक एक खेल जितेका छन्। यसअघि सन् १९८६ मा भएको पहिलो भेटमा मोरक्कोले पोर्चुगललाई ३–१ ले पाखा लगाएको थियो। यस्तै सन् २०१८ मा भएको भेटमा पोर्चुगलले मोरक्कोलाई १–० ले हराएको थियो। 

यो खेलको बिजेताले फाइनल प्रवेशका लागि आजै राति हुने अर्को खेलको विजेतासँग भिड्नेछन्। राति पौने १ बजे इङ्ल्याण्ड र फ्रान्स भिड्दैछन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .