ad ad

सुदूरपश्चिम


कैलालीमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा मृत्यु

कैलालीमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा मृत्यु

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार ७:३, काठमाडौँ

जिपले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार कैलालीको गोदावरी नगरपालिका-३ तेघरीका  शेरबहादुर पुन मगरको मृत्यु भएको छ। उनको उपचारका क्रममा सेती प्रादेशीक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका वडा ३ को कुचेनीमा बिहीबार  पश्चिमबाट पूर्व जाँदै गरेको बा १२ च २११४ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको सुपप्र ०१-००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पुनमगर गम्भीर घाइते भएका थिए। ठक्कर दिने जिप र चालक युसुभ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय (चौमाला) ले नियन्त्रणमा लिएको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .