बैतडीको दोगडाकेदार गाउँपालिका–८ का ३८ वर्षीय वाशुदेव जोशीको हत्या घटनाका दुई जना आरोपित समातिएका छन्।
हत्या आरोपमा दोगडाकेदार–८ तोलीका २४ वर्षीय महेन्द्र विष्ट र कट्टेधारकी २८ वर्षीया धनमती भण्डारीलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ।
‘महिलालाई हिजै समातेका हौँ, अर्का आरोपितलाई आज घरमा लुकिरहेको अवस्थामा पक्राउ गरेका छौँ,’ स्रोत भन्यो, ‘ती आरोपितलाई अहिले जिप्रका ल्याउँदैछौँ।’
शनिबार राति धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा जोशीको शव भेटिएको थियो। मृतक जोशीका दाइ पुष्पराज जोशीले ज्यान सम्बन्धी कसुरमा विष्ट र भण्डारीविरुद्ध किटानी जाहेरी दिएका थिए।
प्रहरीका अनुसार उनीहरु अहिले नियन्त्रणमा छन्। आरोपित विष्टलाई घरमा ताला लगाएर भित्र लुकिरहेका अवस्थामा प्रहरीले समातेको थियो।
Shares
प्रतिक्रिया