ad ad

सुदूरपश्चिम


इन्टरनेट जडान गर्दा करेन्ट लागेर एक जनाको मृत्यु

इन्टरनेट जडान गर्दा करेन्ट लागेर एक जनाको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
बैशाख ४, २०८० सोमबार १८:३०, महेन्द्रनगर

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

सोमबार डीसहोमको फाइबर नेट विस्तार गर्ने क्रममा करेन्ट लागेर सिन्धुलीको तीनपाटन गाउँपालिका– ४ का सन्तोष पहाडीको मृत्यु भएको हो। 

इन्टरनेट जडानको काम गर्ने उनी शुक्लाफाँटा नगरपालिका– १० झलारीमा बस्दै आएका थिए।

वडा नं. ५ स्थित गर्जुमनीमा इन्टरनेट जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले बताए। 

उनका अनुसार करेन्ट लागेर घाइते भएका पहाडीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .