ad ad

सुदूरपश्चिम


परिवार भेट्न अस्ट्रेलियाबाट घर आएका थिए, मोटरसाइकल दुर्घटनामा बिते

परिवार भेट्न अस्ट्रेलियाबाट घर आएका थिए, मोटरसाइकल दुर्घटनामा बिते

मोटरसाइकल दुर्घटना र इन्सेटमा मृतक तपेन्द्र बडुवाल।


नेपालखबर
बैशाख १८, २०८० सोमबार १२:२४, कञ्चनपुर

कञ्चनपुरमा मोटरसाइल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर) का अनुसार कृष्णपुर नगरपालिका–५ स्थित वनदेवी मन्दिरनजिक जंगलमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा तपेन्द्र बडुवालको मृत्यु भएको हो। 

बडुवाल वेदकोट नगरपालिका–१० का बासिन्दा थिए।

पश्चिमबाट पूर्वतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२–००–४ प १८४६ नम्बरको मोटरसाइकल से १ त २८२९ नम्बरको राेकिराखेको ट्यााक्टरको ट्रलीमा ठोक्किँदा बडुवाल गम्भीर घाइते भएका थिए। 

उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धननगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले जानकारी दिए। 

उच्च शिक्षाका लागि अस्ट्रेलियामा रहेका बडुवाल केही दिनअघि मात्र घर फर्किएका थिए। उनकी पत्नि राधिका अस्ट्रेलियामै छिन्।

श्रीमतीलाई अस्ट्रेलियामै छाडेर परिवार भेट्न घर आएका बडुवालले मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएपछि परिवार शोकमा डुबेको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते मोटरसाइकलमा सवार युवतीको अवस्था सामान्य छ। 

ट्याक्टर र चालक कृष्णपुर–८ का ४२ वर्षीय वीरसिंह महरालाई इलाका प्रहरी कार्यालय (गुलरिया) ले नियन्त्रणमा लिएको छ। 

साइकल यात्रीको मृत्यु
भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–४ महेश्वर भट्टको दुर्घटनामा मृत्यु भएकोे प्रहरीले जनाएको छ।

भीमदत्त नगरपालिका–१८ का वीरेन्द्र रावलले चलाएको म २ प ८३३३ नम्बरको मोटरसाइकलले साइकलमा सवार भट्टलाई ठक्कर दिएको थियो। घाइते भट्टको उपचारका क्रममा धनगढीस्थित अस्पतालमा मृत्यु भएको हो।

भट्ट नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए। साइकलमा घर जाने बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .