ad ad

सुदूरपश्चिम


एमाले कैलाली अधिवेशन : ५ पदाधिकारीमा ५३ जना आकांक्षी, अझै जुटेन सहमति

एमाले कैलाली अधिवेशन : ५ पदाधिकारीमा ५३ जना आकांक्षी, अझै जुटेन सहमति

गोकुल जोशी
फागुन ७, २०८० सोमबार १७:३३, कञ्चनपुर

नेकपा एमाले कैलालीको नेतृत्वका लागि आकांक्षीबीच सहमति जुटेको छैन। कैलालीको सुख्खडमा जारी जिल्ला अधिवेशनअन्तर्गत अहिले बन्दसत्र जारी छ।

एमालेभित्र कैलालीको नेतृत्वका लागि तीन जनाले दाबी गरेका छन्। पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुंगाना, एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा जोशी र सचिव डेजी पाण्डेले अध्यक्षमा दाबी गरेका छन्।

जिल्ला नेतृत्व आफ्नो पक्षमा पार्न सुदूरपश्चिमका एमाले शीर्ष नेताहरु गृहकार्य गरिरहेका छन्। नेकपा एमाले केन्द्रीय सचिव लेखराज भट्टले कार्यवाहक अध्यक्ष जोशीलाई अध्यक्षमा अघि सारेका छन्।

यस्तै, स्थायी कमिटी सदस्य कर्ण थापाले सचिव पाण्डेलाई अघि सार्दा केन्द्रीय सदस्य एंवम् निवर्तमान् प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले ढुंगानालाई अध्यक्षमा अघि सारेका छन्।

नेकपा एमाले कैलालीका एक नेताका अनुसार जिल्ला तहका नेताहरु सहमतिको लागि आकांक्षीसँग निरन्तर छलफलमा छन्। तर अझै नेतृत्वमा सहमति जुट्न नसकेको ती नेताले बताए।

‘सर्वसम्मतमा नेतृत्व टुंगो लगाउन छलफल जारी छ,’ ती नेताले भने, ‘अहिलेसम्म सहमति जुट्न सकेको छैन। सहमति नभए चुनावी प्रक्रियाबाट नेतृत्व चयन गरिन्छ ।’

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गरेका थिए। अध्यक्षसहित ५ पदाधिकारीमा ५३ जनाले आकांक्षा देखाएका छन्। उपाध्यक्षमा ८ जना, सचिवमा १२ जना र उपसचिवतर्फ दुई पदका लागि ३० जनाले नाम दर्ता गराएका थिए।

एमालेले सहमति खोज्न अधिवेशन अघि नै आकांक्षीको नाम लिएको थियो। आकांक्षी बढी हुँदा सहमति जुट्न सकेको छैन।

उपाध्यक्षमा लोकेन्द्र शाही, मानराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौराको दाबी छ।

सचिवमा हितेश ओझा, ममताप्रसाद चौधरी, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, बक्तबहादुर शाही र भीष्मराज सुवेदीले आकांक्षा देखाएका छन्।

उपसचिवतर्फ दुई पदका लागि धिमलाल जोशी, राजु गुरुङ, चक्रबहादुर विष्ट, नौरतादेवी खड्का, मदनराज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद, मोहन विक र ध्रुवबहादुर भण्डारी छन्।

यस्तै, खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुव खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल, गोविन्द कोइराला, रत्ना कुँवर, गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा दाबी गरेका छन्।

आइतबारदेखि सुरु भएको अधिवेशनमार्फत ५ पदाधिकारीसहित १५० सदस्यीय कमिटी चयन हुनेछ। अधिवेशनका लागि ५६० प्रतिनिधि छनोट गरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .