ad ad

सुदूरपश्चिम


दार्चुलामा शिकार खेल्न जंगल गएका एक जनाको गोली लागेर मृत्यु

घटनास्थलमा प्रहरी भोलि मात्रै पुग्ने
दार्चुलामा शिकार खेल्न जंगल गएका एक जनाको गोली लागेर मृत्यु

दार्चुलाको नौगाड गाउँपालिकामा पर्ने एक जंगल क्षेत्र (तस्बिर स्रोत : गाउँपालिकाको बेवसाइट)


नेपालखबर
असार ८, २०८१ शनिबार २१:२७, कञ्चनपुर

दार्चुलामा गोली लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ नागुका ५५ वर्षीय धंके डडालको गोली लागेर शनिबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, सोही ठाउँका ५३ वर्षीय जयसिंह डडालले चलाएको भरुवा बन्दुकको गोली लागेर ५५ वर्षीय धंके डडालको घटनास्थलमै मृत्यु भएको छ।

यी दुवै जना शिकार खेल्न जंगल गएका बेला घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।

गोली चलाउने ५३ वर्षीय जयसिंहलाई प्रहरी नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीलाई शनिबार दिउँसो ४ बजे खबर आएको थियो। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक सिंह नेतृत्वको टोली पनि घटनास्थलतर्फ जाँदैछ। 

‘शिकार खेल्न गएका बेला गोली लागेर मृत्यु भएको खबर आएको छ। हामी घटनास्थलतर्फ जाँदैछौँ,’ प्रहरी निरीक्षक सिंहले भने, ‘हामी घटनास्थल भोलि मात्रै पुग्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .