ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा एमालेलाई ३ मन्त्री र १ राज्यमन्त्री

सुदूरपश्चिममा एमालेलाई ३ मन्त्री र १ राज्यमन्त्री

एमाले प्रदेशसभा सदस्य सुरेन्द्र बहादुर पाल


नेपालखबर
साउन २१, २०८१ सोमबार १३:४३, काठमाडौँ

सुदूरपश्चिमका मुख्यमन्त्रीमा नियुक्त कमलबहादुर शाह सोमबार नै सरकारलाई पूर्णता दिने प्रयास गरिरहेका छन्।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका शाहले आफूलाई समर्थन गर्ने दल नेकपा एमालेलाई ३ मन्त्री र १ राज्यमन्त्री दिएर सरकारमा सामेल गराउने भएका छन्।

भागबण्डामा सहमति जुटाउने छलफलमा सहभागी स्रोतका अनुसार नेकपा एमालेले आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाएको छ।

एक राज्यमन्त्री पनि उसले पाएको छ।

एमालेबाट सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा र हीरा सार्कीलाई पहिलो प्राथमिकतामा राखिएको छ। उनीहरू दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा पनि सामेल भएका थिए।

एमालेबाट सन्तोष कुमारी शर्माले पनि मौका पाउने सम्भावना छ। एमालेका एक नेताका अनुसार दिउँसो २ बजे बस्ने संसदीय दलले मन्त्रीको बैठकले मन्त्रीको अन्तिम नाम टुंगो लगाउने छ। 

नाउपाबाट लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने तयारी छ। उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालउ नाउपाको भागमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .