ad ad

बागमती


नुवाकोटमा मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

नुवाकोटमा मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

नेपालखबर
भदौ २९, २०७९ बुधबार ८:१०, काठमाडौँ

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गएराति मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लागिएको छ।

गएराति महादेवफाँटस्थित बा२०च ९४४२ नंको कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई मिनीट्रकले ठक्कर दिएको जनाइएको छ। 

ठक्करबाट बेलकोटगढी –७ का ५५ वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै मृत्यु भएको र सोही स्थानका ४८ वर्षीय राजेन्द्र राई गम्भीर घाइते भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए। 

मिनीट्रक चालकको लापरबाहीबाट दुर्घटना भएको जनाउँदै पीडित परिवारसहित स्थानीयले शव उठाउन अस्वीकार गरेका छन्। उनीहरूले घटनास्थलमा बसेर रातिदेखि सुरु गरेको विरोध प्रदर्शन अहिलेसम्म कायम छ।

ठक्कर दिने बा३ख १६४ नंको मिनीट्रक घटनापछि भाग्ने क्रममा स्थानीयले बेलकोटगढी–५ केउरिनी भन्ने स्थानबाट नियन्त्रणमा लिएर आगो लगाइदिएका छन् । चालकलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख पण्डितले जानकारी दिए। 

दुर्घटनापछि फरार भएको मिनीट्रकलाई रोक्न बेवास्ता गरेको जनाउँदै स्थानीयले प्रहरी चौकी तारुकाको देवीघाट–गल्छी सडकखण्डमा रहेको प्रहरी युनिटमा समेत क्षति पुर्याउने प्रयास गरेका थिए। घटनापछि गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको देवीघाट–गल्छी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .