काठमाडौं महानगरपालिाकको निर्माणाधीन भवनबाट लडेर एक कामदारको मृत्यु भएको छ।
प्रहरीका अनुुसार काठमाडौं महानगरपालिका–२२, धर्मपथस्थित काठमाडौं महानगरपालिकाको निर्माणाधीन भवनमा काम गर्ने क्रममा लड्दा रौतहट देवही गोबाही नगरपालिका–६ घर भएका २७ वर्षीय रामाकान्त महतोको मृत्यु भएको हो।
भवनको चौथो तलाबाट लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
63
Shares
प्रतिक्रिया