ad ad

बागमती


एक हप्ताअघि ग्वार्कोमा युवतीलाई ठक्कर दिएर भागेको गाडीका चालक पक्राउ

एक हप्ताअघि ग्वार्कोमा युवतीलाई ठक्कर दिएर भागेको गाडीका चालक पक्राउ

युवतीलाई ठक्कर दिने गाडी र त्यसका चालक।


नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १०:३९, काठमाडौँ

एक हप्ताअघि ललितपुरको ग्वार्कोमा युवतीलाई ठक्कर दिएर भागेको गाडीका चालक पक्राउ परेका छन्।

यही कात्तिक १२ गते राति ८ बजेतिर ललितपुर महानगरपालिका-७ ग्वार्कोस्थित रिङरोडमा बाटो पार गर्दै गरेकी युवतीलाई स्कार्पियोले ठक्कर दिएको थियो। ठक्करबाट अन्दाजी २० वर्षीया युवतीको मृत्यु भएको छ। उनको सनाखत भने अझै हुन सकेको छैन। 

प्रत्यक्षदर्शीले इम्बाेस्ड नम्बर जडान भएको पछाडिको सिसामा २ वटा गोलाकार स्टिकर टाँसिएको नीलो रङको स्कारपियो गाडीले ठक्कर दिएको बताएका थिए। सोही जानकारीका आधारमा अनुसन्धान गर्ने क्रममा प्रहरीले बागमती प्रदेश बी एए ५५६३ नम्बरको स्कारपियो गाडी भएको खुलेको थियो। 

गाडीसहित चालक प्युठानको प्युठान नगरपालिका २ का ४७ वर्षीय वीरबहादुर राउतलाई शनिबार नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। 

उनलाई सवारी ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनामा मृत्यु भएकी युवतीको हालसम्म सनाखत नभएकाले आफन्तलाई सम्पर्क गरिदिन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .