ad ad

बागमती


सिन्धुपाल्चोकबाट काठमाडौं हिँडेका ११ वर्षीय बालक बेपत्ता

सिन्धुपाल्चोकबाट काठमाडौं हिँडेका ११ वर्षीय बालक बेपत्ता

नेपालखबर
मंसिर २५, २०७९ आइतबार ८:१७, काठमाडौँ

सिन्धुपाल्चोकबाट काठमाडौं आएका एक बालक बेपत्ता भएका छन्। शनिबार हेलम्बु यातायातबाट काठमााडौं आएका इन्द्रावती गाउँपालिका–८ का ११ वर्षीय बालक बेपत्ता भएका हुन्।

उनी भोटसिपा (बडहरे) बाट काठमाडौंको चुच्चेपाटी आउँदै गरेको बसमा सवार थिए। ‘आफन्तकोमा जान्छु’ भनेर हिँडेका ११ वर्षीय आर्यन श्रेष्ठ शुक्रबारबाट बेपत्ता भएका हुन्। 

‘सिपाघाटबाट काठमाडौं जाँदै गरेको बसमा आफन्तकोमा जान्छु भनेर हिँडेको रहेछ,’ स्थानीय सन्जय श्रेष्ठले भने, ‘अहिलेसम्म कहीँकतै नभेटेपछि खोजी कार्य भइरहेको छ,’

चाबहिल, गौशाला, चुच्चेपाटी क्षेत्रमा उक्त बच्चालाई देख्नेले तुरुन्तै प्रहरीलाई खबर गर्न वा ९८१३८६५६६७ मा सम्पर्क गर्न अभिभावकले आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .