ad ad

बागमती


चितवनमा साउनपछि कोरोना संक्रमणले पहिलोपटक मृत्यु

चितवनमा साउनपछि कोरोना संक्रमणले पहिलोपटक मृत्यु

नेपालखबर
बैशाख ३, २०८० आइतबार १०:२३, काठमाडौँ

कोरोना संक्रमणका कारण चितवनमा ८ महिनापछि मृत्यु भएको छ। 

स्वास्थ्य कार्यालय (चितवन) की जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार कोरोना संक्रमणका कारण २०७९ साउनपछि अहिले (२०८० वैशाखमा) मानिसको मृत्यु भएको हो। 

कोरोना संक्रमण भएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएका भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।  

‘यसअघि २०७९ साउनमा मात्र कोरोना संक्रमणले मृत्यु भएको थियो’, जनस्वास्थ्य अधिकृत ढकालले टेलिफोनमा नेपालखबरसँग भनिन्, ‘त्यसयता कोरोनाले मृत्यु भएको यो पहिलो हो।’

कोरोना संक्रमणका कारण चितवनमा गत साउन २३ मा एकजनाको मृत्यु भएको थियो। त्यसयता संक्रमण नरोकिए पनि कोरोनाका कारण कसैको मृत्यु भएको थिएन। 

उनका अनुसार ती पुरुषलाई निमोनियाँ भएको थियो भने मिर्गाैलासम्बन्धी समस्या पनि थियो। 

योसहित चितवनमा कोरोना संक्रमणका कारण मृत्यु भएकाको संख्या ४५१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

स्वास्थ्य कार्यालयका अनुसार चितवनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३४ हजार ५० पुगेको छ। अहिले संक्रिय संक्रमित १० जना छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .